संसद सचिवालय पुग्यो सांसद गोमा लाभ सापकोटालाई हटाउने पत्र

काठमाडौं । सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको भन्दै जनमत पार्टीले संसद सचिवालयमा पत्र पठाएको छ ।
पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भनी जनमत पार्टीको संसदीय दलले फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो ।
सापकोटा पार्टीको कारबाहीमा परेको सूचना संसदमा जानकारी गराएको खण्डमा सांसद पद रिक्त हुन्छ । तर, यस सम्बन्धमा संसद सचिवालयले भने निर्णय लिइसकेको छैन ।
यसअघि, जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अनुशासन उल्लंघन गरेको भन्दै सापकोटालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।
त्यस निर्णयका आधारमा जनमत पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ उल्लेख गरेर संसद सचिवालयलाई पत्र पठाएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ मा दल त्याग गरेको सम्बन्धी सूचना दिनुपर्ने व्यवस्था छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #संसद सचिवालय, #सांसद गोमा लाभ सापकोटा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्