गृहमन्त्री रवि लामिछानेको बिषयलाई लिएर प्रधानमन्त्री र कांग्रेसको जुहारी

काठमाडौं । प्रतिनिधिसभा बैठक गृहमन्त्री रवि लामिछानेको बिषयलाई लिएर तातिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग खोजिरहेको थियो । तर, मंगलबार प्रधानमन्त्रीले लामिछाने निर्दोष भएको बताएपछि कांग्रेसले छानविन गर्न संसदीय समिति बनाउन माग गरेको छ ।
सत्ता पक्षबाट प्रमुख प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले उपप्रधान एवंम् गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न निरन्तर संसदमा दवाव दिइरहेको छ । रविलाई गृहमन्त्री नै अस्वीकार गर्दै कांग्रेस एक पटक त संसद नै अवरुद्ध ग¥यो । संसद बैठक सुरु हुनेवित्तिकै गृहमन्त्री लामिछानेमाथि लागेको आरोपको जवाफ दिन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराइरहेको थियो । मंगलबार पनि सुरुमै कांग्रेसले निरन्तर उठाउदै आएको गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धानको माग मात्रै गरेन राजीनामा दिनुपर्ने घुर्की लगायो ।
प्रतिपक्षले निरन्तर उठाउँदै आएको बिषयलाई संसदमा प्रधानमन्त्री प्रचण्डले जवाफ त दिए । तर, प्रधानमन्त्री प्रचण्डको जवाफ कांग्रेसले चित्त बुझाएन । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको निष्कर्ष प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई जवाफ दिएका थिए । हालसम्मको अनुसन्धानले गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनैपनि जिम्मेवारी र भुमिकामा नरहेकोले अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीको ब्रिफिङ भन्दै प्रधानमन्त्री प्रचण्डले संसदबाटै क्लिन चीट नै दिए ।
कांग्रेस प्रतिपक्षमा पुगेपछि अनावश्यक कुरा उठाएर संसद प्रभावित गर्ने काम गरिरहेको प्रधानमन्त्री प्रचण्डको आरोप छ । अदालतमा विचाराधिन मुद्दामा पनि रविको नाम कतै नजोडिएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । जवाफ सँगसँगै संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चल्यो । प्रश्नोत्तरपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डको जवाफले चित्त नबुझेको भन्दै संसदीय छानविन समिति बनाउन माग गरेको छ । कांग्रेसले प्रधानमन्त्रीको लामिछानेलाई अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरुको चित्त नबुझेको भन्दै छानविन गर्न पर्याप्त प्रमाण भएको जिकिर गरेको छ ।
गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति नबनाए संसद चल्न नदिने चेतावनी कांग्रेसले दिएको छ । अहिले पनि कांग्रेसको रणनिति भनेकै अन्य बिषयमा संसदमा छलफल र बहस हुन दिने तर, गृहमन्त्री लामिछानेलाई बोल्न नदिने छ । निरन्तर रास्वपा सभापति लामिछानेमाथि प्रश्नै प्रश्न उठाएर सरकारलाई कमजोर पार्ने योजना बनाएको कांग्रेसलाई त्यति सहज भने देखिदैन ।
एमालेले कांग्रेसको आक्रोशलाई सत्ता बाहिरको छटपटीको संज्ञा दिएको छ । कांग्रेसले सत्ता समिकरण फेरबदलका क्रममा लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको रास्वपा नेताहरुले नै दाबी गरिरहेका छन् । जसलाई कांग्रेसले खण्डन त गरेको छ । तर, आफै सरकारमा रहँदा त्यति चर्को नबोलेको कांग्रेस प्रतिपक्षमा पुगेपछि भने संसदमा रविबिरुद्ध खनिइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाली कांग्रेस, #सहकारी ठगी प्रकरण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्