Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

नेपालका दुर्गमबस्तीमा पाठ्यपुस्तक बिक्री वितरण, कहाँ कति पुस्तक आवश्यक !


काठमाडौं । नेपालका दुर्गमबस्तीमा पाठ्यपुस्तक बिक्री वितरणको काम सुरु भएको छ । शैक्षिक शस्त्र सुरु भएको पहिलो दिन नै विद्यार्थीको हात–हातमा पाठ्पुस्तक पु¥याउने गरी प्राथमिकताका आधारमा कर्णाली प्रदेशका हुम्ला र डोल्पामा बिक्री वितरण सुरु भएको हो । एक साताभित्रै कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक पुग्ने दाबी गरिएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक विक्री वितरण सुरु गरेको छ । प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरुमा पाठ्यपुस्तक क्रमश ः वितरण गर्ने नीति अनुसार पहिलो चरणमा हुम्ला र डोल्पा जिल्लामा वितरणको कार्य सुरु गरिएको हो । हाल व्यापारीहरु मार्फत प्याकिङको काम भइरहेको र अन्य व्यापारिहरु आउने क्रम पनि जारी छ । अबको एकसाताभित्रै पाठ्यपुस्तक कार्णालीका जिल्लाहरुमा पुगिसक्ने प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख होमराज ढुङ्गेल बताउछन् ।

सबै पाठ्यपुस्तकहरु सेटमा नै रहेकोले विद्यार्थीले विद्यालय खुलेको सुरु दिनमा नै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना जनक शिक्षा समाग्री केन्द्र लिमिटेड प्रदेशिक प्रेश नेपालगञ्जको छ । हाल भने हिमाली जिल्लाहरुलाई प्राथमिकातामा राखेर वितरणको कार्ययोजना बनाएको र क्रमश: पहाडी र तराईका जिल्लाहरुमा वितरण गर्दै लगिने बताइएको छ ।

प्रादेशिक प्रेस नेपालगञ्जले गत बर्ष पनि सहज रुपमा समयमा नै पाठ्यपुस्तक पु¥याएको र अहिले पनि समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने दाबी गरिएको छ ।

प्रादेशिक प्रेस नेपालगञ्जबाट कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जारजरकोट, सल्यान सहित ५ जिल्ला र लुम्बिनीका रुकुमपूर्व, रोल्पा, दाङ, बाँके र बर्दिया सहित ५ जिल्ला गरी १० जिल्लामा विक्री वितरण गर्ने तालिका रहेको छ । जसमा हुम्ला जिल्लामा बहत्तर हजार थान, डोल्पामा एक लाख, आठ हजार थान, रुकुम पूर्वमा एक लाख चवालिस हजार थान, रुकुम पश्चिममा एक लाख असी हजार थान, दाङमा दुई लाख अठासी हजार थान, बर्दियामा दुई लाख बाउन्न हजार थान र बाँकेमा दुई लाख बाउन्न हाजर थान गरी जम्मा सत्र लाख बयासी हजार थान पाठ्यपुस्तक बिक्री वितरण गर्न लागिएको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पाठ्यपुस्तक, #शैक्षिक शस्त्र सुरु, #हात–हातमा पाठ्पुस्तक

तपाईको कमेन्ट लेख्नुहोस्