न्यायाधीशहरुको आचरण छानविन गर्नुपर्छः अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानविन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा आकस्मिक समयमा प्रतिनिधि सभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने गरेको बताए । उनले न्यायपालिकाको निर्णय प्रक्रिया कानूनसम्मत र संविधानसम्मत हुनुपर्ने बताए ।
उनले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताए ।
न्यायाधीशरुको आचरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने भन्दै कयौँ मुद्दाहरुलाई वर्षौंदेखि पेशी नदिने तर कुनैलाई जबर्जस्ती छिटोभन्दा छिटो फैसला गर्ने गरिएकोले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाई छ ।
न्यायपरिषद्मा धेरै उजुरी पर्ने गरेको भएपनि छानविन नहुने गरेको भन्दै यसतर्फ कानूनमन्त्रीको उनले ध्यानाकर्षण गराए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छानविन गर्न संसदीय, #समिति गठन गर्न
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्