रेशम–रञ्जिताको किचलोले सुदुरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा सकस,रञ्जितालाई एकपछि अर्को धक्का !

कैलाली । नागरिक उन्मुक्ति पार्टीकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने बताएका छन् । उनले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरुलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्ने योजना बनाएका हुन । जसका कारण उनीले दुई दिनको समय लिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए । नाउपाका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस १८ र एकीकृत समाजवादी ४ को समर्थनमा दावी पेश गरेका छन् ।
नाउपाकै कैलाश चौधरीले एमाले १०, माओवादी केन्द्र सभामुखसहित ११ र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । रेमश चौधरी पक्षका पाँच सांसदले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने कैलाशलाई अघि सारेकी हुन । कैलासको पक्षमा २ सांसद छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नै पार्टीका दुई सांसदको दाबी परेपछि पार्टी अध्यक्ष रञ्जिता चौधरी प्रदेश प्रमुखको कार्यालयमा पुगेकी थिइन ।
त्यस्तै, सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।
सदूरपश्चिम प्रदेशको सत्तालाई लिएर आन्तरिक विवादमा फसेको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र सभामुखलाई पठाएकी थिइन । सुनुवाइको मौका नदिएको र औचित्यपूर्ण कारण र आधार विना नै प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने गरी सूचना प्रकाशित भएको पाइएको इजलासको ठहर छ । यसले रञ्जितालाई थप धक्का पुगेको छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #तत्काल निर्णय नलिने, #दुई सांसदले मुख्यमन्त्रीमा दाबी, #नागरिक उन्मुक्ति पार्टी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्