Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

लोकतन्त्रको १८ बर्ष, सच्चिएनन् राजनीतिक दल, पूरानै प्रबृत्ति हावी !


काठमाडौं । बैशाख ११ अर्थात् लोकतन्त्र दिवस । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र आएको १८ बर्ष पूरा भएको छ । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १८ औँ लोकतन्त्र दिवस मनाइँदैछ । २०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित जनताले अधिकार प्राप्त गरेका थिए ।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २ सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा पनि भयो ।

पहिलो संविधानसभाले संविधान बनाउन नसकेपनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान बनाइ कार्यान्वयनको क्रममा छ । तर, जनताको बलिदानबाट प्राप्त लोकतन्त्र आभास जनताले गर्न नपाएको गुनासो पनि बढेको छ । राजनीतिक परिवर्तनका लागि जनता सडकमा उतारेका नेताहरु भने अझै पनि स्वार्थबाट बाहिर निस्कन नसकेको गुनासो बढेको छ ।

संविधानबमोजिम तीनै तहका सरकार छन् । तर, स्थानीय तहले प्रभावकारी काम गरेपनि प्रदेशमा भने भाँडभैलो नै भइरहेको छ । संविधान कार्यान्वयनमा अझै दलहरुले आलटान गरिरहो छन् । कानुन बनाउन सक्रियता नहुँदा संसदमा उही सत्ता बनाउने र ढाल्ने खेल दलहरुबीच निरन्तर चलिरहेको छ । जनताको अधिकारका लागि भन्दा पनि नेताहरु भने आफनै स्वार्थमा केन्दीत छन् ।

केहि महिनाअघि सत्तामा रहेको कांग्रेस प्रतिपक्ष पुगेको छ । प्रतिपक्षमा रहेको एमाले फेरि सत्तामा पुगेको छ । राजनीति सधैं सत्ताका लागि लुछाचुडी गरेर जनताको समस्यामा बेमतलवी भइरहेका छन् । जनताको अधिकारका सवाल भन्दापनि ब्यक्तीगत कुण्ठाका कारण गठबन्धन कति समय टिक्ला भन्ने प्रश्न पनि उब्जिएको छ । लोकतन्त्र र गणतन्त्र जे सुकै नाम दिइएपनि उही पूरानै शैली र प्रबृत्ति भन्दा दलका नेता बाहिर आउन सकेका छैनन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१८ बर्ष पूरा, #बैशाख ११ अर्थात् लोकतन्त्र, #लामो संघर्ष र बलिदान, #लोकतन्त्र दिवस

तपाईको कमेन्ट लेख्नुहोस्