भूटानी शरणार्थी प्रकरणमा टोपबहादुरसहित ७ जनालाई धरौटीमा छाड्न सर्बोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएपछि अदालतले एक जनालाई भने साधारण तारेखमा राख्न आदेश दिएको छ भने दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई, सानु भण्डारीलाई भने थुनामै राख्न आदेश दिएको छ ।
त्यस्तै, सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसभासद् आङ्टावा शेर्पा र अर्का आरोपी गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । दुबै जना यसअघि उच्च अदालत पाटनको आदेशले थुनामा रहेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गाना, #सर्वोच्च अदालत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्