इलाम २ मा किन पछि पर्यो रास्वपा ! गृहमन्त्री रवि लामिछानेलाई ठूलो धक्का !

इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । मत परिणाम एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्का यतिबेला भने नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ २ हजार ६ सय मतले अगाडि देखिन्छन् । अहिले इलाममा कांग्रेस र एमालेकै प्रतिष्पर्धा देखिएको छ ।
पहिचानबादीका तर्फबाट उम्मेद्वार बनेका डेकेन्द्र थापाले पनि कांग्रेसका खड्कालाई पछ्याइरहेका छन् । उनी अहिलेको मत परिणाम अनुसार तेस्रो नम्बरमा छन् । तर, पूराना दललाई टक्कर दिने भन्दै चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी भने चौथो नम्बरमा पर्दै एक हजार ३ सय ५ मत मात्रै पाएको छ ।
नेम्बाङले झण्डै ९ हजार मत पाउदा रास्वपाका मिलन लिम्बुले झिनो मत पाएका हुन् । रास्वपाका सभापति रवि लामिछाने र नेताहरु चुनाव आफूहरुले नै जित्ने भन्दै प्रचार–प्रसारमा दौडधुप गरेका थिए । उनीहरुले घरदैलो अभियान गर्दा र पूराना दलको विकल्पमा आएको बताइरहँदा इलामका जनताले भने पत्याएनन् । जसका कारण रास्वपा कमजोर देखिएको छ ।
यतिबेला रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी अनियमितताको आरोपले पनि केही धक्का लागेको विश्लेषण हुन थालेको छ । सामाजिक सञ्जालमा जति चर्चा भएपनि इलामका जनताले भने पूरानै पार्टीको पक्षमा मतदान गरेको देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपनिर्वाचनको मत, #एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ, #डम्बर खड्का
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्