सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए गठबन्धनको बैठक, सरकार विस्तारबारे छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । वैशाख ६ गते एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले बोलाएको बैठकमा विश्वासको मत र सरकार विस्तारका बारेमा छलफल हुने जानकारी दिए । मुख्यमन्त्री सोडारीले मंगलबार नै सरकार विस्तारको तयारी गरेको बताइएको छ । बिहीबार वा शुक्रबार भित्र विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।
सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरे पनि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा जाने इच्छा नदेखाएपछि अरु मन्त्रालय आफैसँग राखेका छन् । मंगलबार माओवादीबाट समेत मन्त्री बनाउने प्रयासमा मुख्यमन्त्री छन् ।
एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्यको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोडारीले नागरिक उन्मुक्ति पार्टीका ७ जनाको समर्थन देखाएपनि अहिलेसम्म अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई जना मात्र उनको पक्षमा उभिएका छन् भने संरक्षक रेशम चौधरी पक्षका ५ जना विपक्षमा छन् ।
नाउपाका लक्ष्मणकिशोर चौधरी भने सोडारीविरुद्ध सर्वोच्च गएका छन् । सोडारी समेतका बहुमत सांसदले आफूलाई समर्थन गरेका कारण आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनको माग छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दीर्घबहादुर सोडारी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्