सहकारी प्रकरणले सरकारमा समस्या ल्याएको प्रधानमन्त्रीको ब्रिफिङ

काठमाडौं । उपप्रधान एवं् गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपले सरकार नैतिक संकटमा परेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानविन समितिको मागमा सरकारले बेवास्ता गर्दै आएको थियो । तर, बजेट अधिबेशन नै चल्न नदिने कांग्रेसको अडानले सरकार समस्यामा परेको हो ।
संसद चलाउन केही दिनमै ठोस निर्णय ल्याउने दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको संकटबारे नेताहरुलाई ब्रिफिङ गरेका छन् । सत्ता समिकरणमा देखिएको खटपटबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो ब्रिफिङ गरेका छन् । शनिवार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनमा देखिएको समस्या र राजनीतिक दलहरुले उठाएका प्रश्नको बिषयमा सांसदहरुलाई ब्रिफिङ गरेका हुन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाउदै आएको सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने अडानको बिषयले संसद चल्ने अवस्था नरहेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए । सहकारीको विषय गम्भीर रहेको बताउँदै उनले अर्को मन्त्रीपरिषद् बैठकले ठोस योजना ल्याउने उल्लेख गरेका थिए । सहकारीको विषयमा उत्पन्न समस्या हल गर्न लागिरहेको बताउदै प्रधानमन्त्री प्रचण्डले विपक्षी दलसँग पनि संवाद जारी राखेको तर निचोड ननिस्किएको सांसदहरुलाई बताएका छन् ।
त्यस्तै, सरकारले महत्वपूर्ण विधेयक संसदमा पेस गरेको बताउँदै सबै सक्रिय भएर छिटो पास गर्नका लागि पनि प्रचण्डले आग्रह गरे । टिआरसी विधेयकबारे संसद्मा गम्भीर बहसमा भाग लिन र संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्नका लागि सांसदहरूलाई निर्देशन समेत दिए । संसद्को चौथो अधिवेशनलाई प्रभावकारी बनाउन सबै संसदहरुलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै नीति तथा कार्यक्रम र बजेट रचनात्मक र प्रभावकारी बनाउन सुझाव दिन प्रचण्डले आग्रह गरे । तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको रहेको उल्लेख गरेका थिए ।
संसदको गतिरोध अन्त्यका लागि छिट्टै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी उनले गराएका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसले डे–वानदेखि नै सत्ता समीकरण भत्काउने प्रयास गरे पनि सम्भव नभएको बताए । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पछिल्लो असन्तुष्टि भएपनि समीकरणमा देखिएको समस्या कुनै न कुनै विन्दुबाट हल गर्नेबारे छलफल भइरहेको दाबी गरेका थिए । प्रचण्डले सत्ता केही नहुने बताएपनि कांग्रेसले भने केही समयमै सरकार ढल्ने दाबी गरेको छ ।
कांग्रेसले संसद चल्न नदिएको भन्दै अधिबेशन नै अन्त्य गरेको सरकारले अवको बजेट अधिबेशन पनि चल्ने अवस्था छैन् । जसका कारण सरकारले संसदीय समिति बनाउने आँट ग¥यो भने पनि रास्वपाले सरकार छाड्न सक्छ । जसले सरकार संकटमा परेको प्रधानमन्त्री प्रचण्डको भनाईबाटै प्रष्ट भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रमुख प्रतिपक्ष दल, #सहकारी ठगी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्