सुदूरका मुख्यमन्त्री सोडारीलाई तत्काल विश्वासको मत नदिन ओलीको निर्देशन !

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका पछिल्ला अभिव्यक्तिलाई हेरेर सुदूरपश्चिममा दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिन निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले गएराति ओली निवासमा भेटेर विश्वासको मत दिने र नदिने विषयमा छलफल गरेका थिए । समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने अध्यक्ष ओलीको भनाइ छ ।
यसअघि शुक्रबार र शनिबार विश्वासको मत लिनका लागि मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभा बैठक बोलाएका थिए । तर, बैठकमा एमालेले उपस्थित नहुने भएपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एकीकृत समाजवादी, #एमालेले तत्काल विश्वासको मत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्