Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

सर्वोच्चमा सोमबारदेखि ३ न्यायाधीश रिक्त, समयमा हुन सकेन पदपूर्ति


काठमाडौं । एकपछि अर्को न्यायाधीशले अवकाश पाउने, तर समयमा पदपूर्ति हुन नसक्दा सर्वोच्च अदालतमा न्यायाधीशको संख्या घट्दै गइरहेको छ । आइतबारदेखि न्यायाधीश सुष्मालता माथेमाले अवकाश लिएपछि रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ ।

प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १८ जनामात्रै न्यायाधीश छन् । लामो समयदेखि पदपूर्ति हुन नसक्दा गत कात्तिकसम्म सर्वोच्च अदालतमा सात जना न्यायाधीश रिक्त थिए ।

२०८० मंसिर ५ मा ६ जना न्यायाधीशको नाम सिफारिस भएको थियो । त्यतिबेला समेत एउटा पद रिक्त राखेर अरुमा मात्रै नाम सिफारिस गरिएको थियो । त्यसयता सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुष्मालता माथेमाले अवकाश पाएकी छन् ।

अहिले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ । जेठ ३२ मा सर्वोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईले उमेरहदबाट अवकाश पाउँदैछन् ।

अर्को सातापछि उनपको ठाँउमा समेत न्यायाधीश सिफारिसको बाटो खुल्छ । किनभने नेपालको संविधानमा संवैधानिक पदाधिकारीहरु अवकाश हुनुभन्दा एक महिनाअघि नै रिक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक परिकल्पना छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पदपूर्ति हुन नसक्दा, #सर्वोच्च अदालत

तपाईको कमेन्ट लेख्नुहोस्