रविमाथि छानविन समिति बनाउनैै पर्ने कांग्रेसको अडान,नभए संसद चल्न नदिने !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिनका क्रममा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नहुने गरी संसदीय छानबिन समिति गठन अमान्य हुने बताएको छ । गृहमन्त्री लामिछानेलाई समेत छानबिन गर्ने गरी छानबिन समिति बन्नुपर्ने कांग्रेसको अडान छ ।
गृहमन्त्री लामिछानेमाथि अनुसन्धान नहुने शर्तसहितको छानबिन समिति बनाउने पक्षमा सत्ता गठबन्धन भए त्यसलाई अस्वीकार गर्ने कांग्रेस नेताहरुले बताएका छन् । अनुसन्धानको क्रममा छानबिन गर्ने निकायसँग सम्बन्धित गृहमन्त्री नै संलग्न भएको विषयलाई नजरअन्दाज गरेर छानबिन समिति गठनको औचित्य नहुने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दलसमेत रहेको कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले संसदमा उक्त विषय निरन्तर उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ब्यक्तीमाथि नभई समग्र बिषयमा छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् ।
गत शनिबार बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संकटमा रहेका सहकारीको समग्रतामा छानबिन समिति बनाउन सकिने संकेत गरेका थिए ।
संसदीय दलको बैठकअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई भेटेका थिए । छानबिन समिति गठनका लागि गठबन्धनमा सल्लाह गरेर सर्वदलीय बैठक बोलाउने प्रचण्डले बताएका थिए । संकटग्रस्त सहकारीको समग्रतामा समाधान खोज्न रास्वपा पनि तयार देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री रवि, #गृहमन्त्री लामिछाने, #रवि लामिछानेमाथि अनुसन्धान
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्