Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

सन्दीपले लामिछानेले भने–म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस् !


काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौबाट दोषी ठहर भएका सन्दीप लामिछानेले आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् ।

सामाजिक संजालमार्फत सन्दीपले जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन् । उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।

’मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें । कानूनी व्ययवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ’, उनले लेखेका छन् ।

यो घटना घटेको नभई घटाइएको भएको सन्दीपले उल्लेख गरेका छन् । ’‘म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो’, उनले लेखेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बलात्कार मुद्दा, #सन्दीप लामिछाने, #सन्दीपले जिल्ला अदालत

तपाईको कमेन्ट लेख्नुहोस्