Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कोशीमा छैठौं पटक सरकार गठनको आह्वान, बर्खास्तमा परेका मुख्यमन्त्री कार्की अदालत जाने


मोरङ । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तर्गत नै सरकार गठनका लागि आह्वान गरेका हुन् ।

उनले सरकारको दाबी पेश गर्ने दुई दिनको समय दिएका छन् । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिइएको थियो ।

संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए । सरकार गठनको आव्हान भएलगत्तै एमाले माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेको बताइएको छ ।

आफूसहित ८ जना सांसद लिएर आएपछि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले साथ दिएका थिए । कार्की सरकार पनि धारा १६८ (५) अन्तर्गन नै गठन भएको हो ।

संसदको यो कार्यकालमा योसहित सरकार गठनको छैटौं पटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
बर्खास्तमा परेका मुख्यमन्त्री कार्की अदालत जाने
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि एउटा सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गरिनु असंवैधानिक कदम भएको टिप्पणी गरेका छन् ।

उनले संविधानले दुई वटा सरकारको परिकल्पना नगरेको बताए । आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गर्दै उनको छ । प्रदेश प्रमुखको निर्णयबिरुद्ध आफू अदालतमा जाने बताएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केदार कार्की, #कोशी प्रदेश, #प्रदेश प्रमुख परशुराम खापुङ

तपाईको कमेन्ट लेख्नुहोस्