प्रधानमन्त्री प्रचण्डले भने झै कांग्रेससँग आज होला त सहमति ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडानलाई लिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गरे । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि नै छानविन समिति बनाउनुपर्ने कांग्रेसको अडानलाई प्रधानमन्त्री प्रचण्डले कसरी हल गर्ने भन्ने सोचिरहेका छन् ।
गृहमन्त्री रविलाई पनि नचिढ्याउने र कांग्रेसको माग पनि पूरा गर्ने गरी मध्यमार्गी बाटोको खोजीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । आइतबार विहान भएको छलफललाई कांग्रेस नेता र प्रधानमन्त्रीले पनि सकरात्मक मानिरहेका छन् । काँग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
रवि लामिछाने निर्दोष रहेको भन्दै क्लिचिट दिएका प्रधानमन्त्री प्रचण्डलाई अहिले आफ्नै बोली गलपासो भएको छ । समिति बनाउनबाट पछि नहट्ने कांग्रेसको अडानले प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार तलमाथि पर्ला कि भन्ने सोचिसकेका छन् । किनकि रविमाथि छानविन समिति बने रास्वपा सरकारबाट बाहिरिने धम्की दिइसकेको छ । तर, कांग्रेसलाई पनि साथमा नलिए संसद चल्ने अवस्था देखिदैन । जसका कारण सोमबारसम्म प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग सहमतीको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको दाबी गरेका छन् ।
कांग्रेसको मागमा सकरात्मक नभए आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नै कांग्रेसले अवरोध गर्ने जनाइसकेको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रश्तुत गर्ने कार्यक्रम तय गरिएको छ । तर, काँग्रेसले गृहमन्त्री लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्ड केही लचक भएका हुन् कि भन्ने आकलन गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपप्रधान तथा, #वि लामिछाने, #संसदीय समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्