राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताबिचको छलफल सकिएको छ । संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए ।
प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको छु । म समस्या समाधानतर्फनै उन्मुख छु, तपाईँहरूले सहयोग गर्नुपर्यो भन्नुभयो लेखकले भने नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने तयारी छ । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिनुस् भन्नुभएको छ । प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ ।
संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए । कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दैछ ।
कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दाहाल प्रचण्ड, #नेपाली कांग्रेस, #संसद् अवरुद्ध
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्