Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कार्यदलको बैठक अनिश्चित, संसदीय छानबिन समितिको टीओआर बनाउनेमा विवाद


काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रगत सर्त टुंगो लगाउने कार्यदलको बैठक बस्न अनिश्चित भएको छ ।

कार्यदल संयोजक एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अब प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र बैठक बस्ने तयारी गरिएको जानकारी दिएपनि कांग्रेसले आफुलाई जानकारी नै नभएको बताएको छ ।

संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेको छैन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनी जोडिएको सहकारीको नाम कार्यादेश (टीओआर) मा राख्ने कि नराख्ने विवादले संसदीय छानबिन समिति गठन हुन सकेको छैन् ।

सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठकमा नेताहरुबीच आइतबार पटक–पटक गरी सात घण्टा भन्दा बढी छलफल भएको थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छानबिनका लागि गठन, #संसदीय समिति

तपाईको कमेन्ट लेख्नुहोस्