हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधन

काठमाडौं । तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । समाचारका अनुसार बाक्लो कुहिरोका कारण यो दुर्घटना भएको हो ।
दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको छ। इरानको एक टिभी च्यानलका अनुसार बाक्लो कुहिरो र वर्षाका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
यता इरान इन्टरनेशनलका अनुसार हेलिकप्टर पूर्णरुपमा जलेको र कसैको बाँच्ने सम्भावना नरहेको जनाएको छ ।
इरानको प्रेस टिभीका अनुसार राहत तथा उद्धार कार्यमा संलग्न टोलीले सोमबार बिहान दुर्घटनास्थल पत्ता लगाएका थिए । दुर्घटनाअघि इरानी राष्ट्रपति राईसी र अजरबैजानका राष्ट्रपतिले दुई देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #इब्राहिम रईसी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्