Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

संसदमा राजनीतिक दलहरु बाझाबाझ,चर्को नाराबाजीले बैठकमा हंगामा,दोष एकले अर्कोलाई !


काठमाडौं । दलहरु संसदीय छानविन समिति बनाउन तयार भएको खबरपछि संसदको गतिरोध अव त अन्त्य होला भन्ने आशा सबैले गरेका थिए । आइतबार दिनभर भएको छलफलमा सहमति नभएपनि सोमबार बिहानसम्म त दलहरुले कुनै नयाँ खाका ल्याउछन् कि भन्ने अपेक्षा थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा देखिएको भाडभैलोले सबैलाई लज्जित बनाएको छ । अझ् संसदमा देखिएको रमितालाई दलहरुले एकले अर्कोलाई दोष थुपारिरहेका छन् ।

वेल घेराउ गरेको कांग्रेसलाई मर्यादापालक लगाएर एक ठाउँमा खुम्च्याएर र मर्यादापालकले नै घेरा हालेर रोष्ट्रममा पु¥याएपनि आगामी संसद बैठक चलाउन झनै हम्मे हम्मे पर्ने देखिन्छ । विश्वासको मत लिएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले पत्रकार सम्मेलन नै ग¥यो । कांग्रेसले धम्की दिएर तर्साउन नखोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएको छ ।

माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम कांग्रेसले नै गरेको पनि उल्लेख गरेको छ । उसले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएको छ । सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको आरोप कांग्रेसले लगाएको छ ।

सभामुख देवराज घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत हुनेगरी कारबाही अघि बढाएको कांग्रेसको निष्कर्ष छ । कांग्रेसले चेतावनी दिइरहँदा प्रधानमन्त्री प्रचण्डले काँग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने दाबी गरे । निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने माग गरिरहेको छ । संसदको अवरोधलाई लिएर गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाए ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको दाबी गरे । मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरुको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेपनि सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रश्तुत भएको आरोप लगाए । उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनि प्रश्न समेत गरे । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले सवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिँदा काँग्रेसले नाराजुलुस गर्नु स्वभाविक नभएको बताए ।

प्रधानमन्त्रीले सवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिएको पार्टीले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिन नदिनु लोकतन्त्र विपरित भएको टिप्पणी गरे । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय छानविन समिति माग नगरी सरकार माग गरेको आरोप लगाए ।

गृहमन्त्री रवि लामिछानेको नाममा छानविन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत काँग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने उनको भनाई छ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले आफूहरुले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिनुभयो भन्ने आफूले बुझ्न नसकेको पाण्डेले बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चर्को नाराबाजी, #दलहरु बाझाबाझ

तपाईको कमेन्ट लेख्नुहोस्