किन गयो कांग्रेस सडक आन्दोलनमा ? पूरा होला त रविमाथि छानविनको माग !

काठमाडौं । सरकार प्रतिपक्षलाई पेलेरै अघि बढेपछि नेपाली कांग्रेस थप आक्रोशित बनेको छ । संसदीय छानविन समिति बनाउन तयार भएका सत्ता पक्ष दल गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्नै नहुने अडानमा छन् । तर, सुरुदेखिको मागबाट टसको मस नभएको कांग्रेस सरकारलाई दवाव दिन भातृसंगठन सडकमा उतारेको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्ने माग राख्दै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सडकको साहारामा पुगेकोे छ । करिव दुई महिनादेखि संसदमा एउटै मागमा संसद अवरुद्ध गरिरहेको कांग्रेस सत्ता पक्षले पेलेरै संसद चलाएपछि कांग्रेस भातृसंगठनको साथ लिएर सडकमा पुगेको छ ।
गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मले बचाएर प्रतिपक्ष पेलेर गएको निष्कर्ष कांग्रेसको छ । संसदीय दल र कार्यसम्पादनको संयुक्त बैठकले संदनसँगै सडक पनि तताउने निर्णय गरेको थियो । कांग्रेसको एकसुत्रीय माग छ गृहमन्त्री लामिछानेको नामै किटान गरेर संसदीय छानविन समिति बनाउनुपर्ने ।
आइतबार विद्यार्थी, महिलालगायतको भ्रातृ संगठनको प्रदर्शनमा कांग्रेस नेताहरू पनि सहभागि थिए । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका थिए । विभिन्न ठाउँबाट जुलुससहित भेला भएका नेता–कार्यकर्ता प्रदर्शनी मार्ग भेला भएर सभा गरेका थिए ।
सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरे । उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको आरोप लगाए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माको भनाई छ ।
गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्दा उठाएका सवालबारे सबैमा छानबिन गर्न कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछाने उपर कतै पनि अभियोजन नभएको भन्दै लेखेको पत्रबारे टिप्पणी गर्दै महामन्त्री शर्माले महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था भएको टिप्पणी गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाली कांग्रेस, #सरकार प्रतिपक्ष, #संसदीय छानविन समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्