गण्डकी सरकारविरुद्धको मुद्दा आज टुंगिने सम्भावना

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दाको टुङ्गो आज लाग्ने भएको छ । दुवै पक्षबाट बहस सकिएको छ भने आज जवाफी बहस हुने छ ।
जवाफी बहस सकिएपछि आजै आदेश आउने बताइएको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो । गण्डकीमा ६० जना सांसद छन् । संविधान अनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ ।
अधिकारीले पाएको मत संविधान अनुसार पर्याप्त नभएको भन्दै उक्त सरकारलाई हटाएर आफूलाई मुख्यमन्त्री बनाउन पाण्डेले दाबी गरेका छन् । मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्