प्रचण्ड र ओलीभन्दा माधव नेपाललाई देउवा प्यारो, झलनाथको बालुवाटारमा दौडधुप !

काठमाडौं । माधवकुमार नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष । १० सिट सहित संघीय संसदमा प्रवेश गरेका नेपाललाई यतिबेला सत्ता समिकरण निल्नु न ओकल्न भएको छ । उनै नेपालले कहिले सरकारमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्छन् त कहिले सत्ता सहकार्यको विकल्प नभएको भन्दै नरम बोली बोल्छन् ।
जसपा नेपाल नफुट्दासम्म माधव नेपालको बोली पनि चर्कै थियो । उनी चेतावनी दिदैं थिए आफ्नो पार्टीलाई कमजोर नठान्न र त्यसो गरे सरकार नै ढल्न सक्छ । किनकी जसपा नेपालको १२ सिट र नेकपा एसको १० सिटले सरकार सहजै ढल्ने स्थिति थियो । ५७ सांसदको समर्थनमा सरकार चलाइरहेका प्रचण्डलाई जसपा नेपालका उपेन्द्र यादव र माधव नेपालकै त्रास थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, उपेन्द्र यादव र माधव नेपालको गन्थन भित्र भित्रै भइरहेको लुकेको थिएन । त्यो संकट टार्न सत्तारुढ दलले नै जसपा नेपाल फुटाइदिए ।
अझ् प्रचण्ड र ओलीले नेकपा एस फुटाउने तयारी गरिरहेको हल्ला पनि चलेकै हो । नेकपा एसमै खेलाबैला मच्चिएपछि चुपचाप जस्तै बनेका माधव नेपाल फेरि सक्रिय भएका छन् । यतिबेला पनि माधव नेपालको मन स्थिर छैन् । सत्ता समीकरणमा सहभागी भएर पनि नेपालको निरन्तर कांग्रेससँग उठबस चलिरहेको छ ।
बुधबार नेपाल बुढानिलकण्ठमा भएको विपक्षी दलको बैठकमा सहभागि मात्रै भएनन् उनीले सत्ता समिकरणका दलले आफ्नो पार्टीलाई गरिरहेको ब्यवहारको गुनासोको पोका नै सुनाए । जसका कारण फेरि सत्ता समिकरणमा हलचल हुन्छ कि भन्ने आशंका पैदा गरेको छ । तर, विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले माधव नेपालले समिकरण नबदल्ने दाबी गरे ।
दुई मन्त्री पाएर सरकारमा सहभागि भएको नेकपा एस यतिबेला सरकारबाट बाहिरिएपनि केही फरक पर्दैन । सरकार बहुमत मै रहन्छ । सरकारमा रहेर पनि माधव नेपालले कुनै भूमिका पाएका छैनन् । न त सत्तारुढ दलको बैठकमा नेकपा एसका नेताहरुलाई नै बोलाइन्छ न त कुनै निर्णय गर्दा नै छलफलमा सहभागि गराइन्छ । सत्ता समिकरणमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेकै हालीमुहाली चलिरहेको छ । अझ सरकारमा यतिबेला एमाले अध्यक्ष ओली नै हावी देखिन्छन् ।
ओली–नेपालको सत्ता सहकार्य सुरु भएको तीन महिना पुग्न लाग्दा समेत दुबै नेताको तिक्तता मेटिएको छैन् । तर, नेकपा एसका नेताहरु सरकारले आफूहरुलाई कमजोर नठान्न चेतावनी दिइरहेका छन् । नेकपा एसले एमाले–माओवादीसहितको गठबन्धन छाडेपनि अहिले सत्ताको गणितमा फेरबदल हुन सक्ने अवस्था छैन । जसका कारण नेताहरुले माधव नेपाललाई वेवास्ता गरिरहेका छन् । तर, केही प्रदेश सरकारमा भने माधवको पार्टी निर्णायक छ ।
सुदुरपश्चिममा सरकारको नेतृत्व गरेको नेकपा एसलाई एमाले र माओवादीले नै साथ दिइरहेका छैनन् । यो सत्ता समीकरणलाई निरन्तरता दिने कि विकल्प खोज्ने भन्ने विषयमा नेकपा एसमा पनि दुई धार छ । कांग्रेससँग नजिकिदै गरेका माधव नेपालको देउवासँग भेट हुँदा हतार–हतार झलनाथ खनाल बालुवाटार पुग्छन् । सरकारबाट पेलिएका, पार्टीलाई एक ठाउँमा ल्याउन नसकेका माधव नेपाललाई कति बेला झट्का पर्छ यसै भन्ने अवस्था देखिदैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #संघीय संसद
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्