Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एमाले अध्यक्ष ओली र काठमाडौंका मेयर बालेनबीच टकराव !


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच जुहारी चलिरहेको छ । ओलीले केटाकेटी पन देखाएको आरोप बालेनलाई लगाएका मात्रै छैनन् उनले बालेनको कामप्रति नै निरन्तर टिकाटप्पणी गरिरहेका छन् । खासगरी बालेनलाई होच्याउने गरी नै एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममै बोलिरहेका छन् । जसलाई टक्कर दिन मेयर बालेनले सामाजिक सञ्जालबाट कडा प्रतिबाद गरिरहेका छन् । ओलीको अभिब्यक्ती र न्युरोडमा सडक बिस्तारमा बाधा पु¥याएको भन्दै सोमबार मेयर बालेनले लेखेको स्टाट्सले राजनीतिमा तरंग ल्याइदिएको छ ।

बालेनले गिरीबन्धु टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई पीडितको बैना फिर्ता गर्न सचेत गराएका छन् । न्युरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगरपालिकाबिच विवाद चर्किएका बेला ओलीले दिएको अभिब्यक्तीमाथि बालेनले आक्रोश पोखेका हुन । गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन ओलीले अनेक गरेको आरोप बालेनले लगाएका छन् । केही दिनअघि काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउने भन्दै सडकका किनारा भत्काएको थियो ।

भत्काएको सडक सोमबार सडक विभागले पुर्न थालेको हो । न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन रुष्ट छन् । महानगरपालिकाले सडकको पिच भत्काइसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको डिभिजन सडक कार्यालयले पिच गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेकपा एमालेका रघुबीर महासेठ छन् । काठमाडौं महानगरपालिका र सडक डिभिजन काठमाडौं कार्यालय सडकको विषयलाई लिएर यो भन्दा अगाडि पनि आमनेसामने भएका थिए ।

एक साताअघी पनि न्युरोडकै फुटपातको विषयमा विवाद हुँदा झोक्कीएका मेयर बालेनले सडक विभाग र सडक डिभिजन काठमाडौंको गेट अगाडि एक ट्रक फोहोर थुपारिदिएका थिए । यही विषयलाई लिएर ओलीले आफ्नो घरको फोहोर छिमेकीको घरमा फ्याँक्दैमा कोही बहादुर नहुने भन्दै महानगरपालिका प्रमुख शाहलक्षित अभिव्यक्ति दिएका थिए । सोमबार पनि न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौँ नगर प्रहरीबिच विवाद भयो । काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न खोजेपछि विवाद भएको हो ।

घटनास्थलमा नेपाल प्रहरी उपस्थित भएपछि नगरप्रहरी फर्किएको थियो । मेयर साहको अहंकारले गर्दा यो स्थिति सिर्जना भएको सडक विस्तारको पक्षमा रहेका सर्वसाधारण बताउँछन् । यहि बिषय चर्किएपछि गिरिबन्धु टिस्टेट प्रकरणबारे ओलीले काठमाडौं महानगरपालिकाका मेयर साहसँग सोध्न आग्रह गरेका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सञ्चारकर्मीको गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै मेयर साहलाई सोध्न आग्रह गरेका हुन ।

काठमाडौं महानगरका मेयर बालेन साहको कदमलार्ई लिएर केहीले सर्मथन गरेका छन् भने केहीले विरोध गरेका छन् । महानगरले आफ्नै बजेटबाट न्यूरोडमा सौन्दर्यकरण गरी फुटपाथ बढाउन लागेको थियो । अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक रहेको न्यूरोड क्षेत्रमा दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ रहेको छ । सो फुटपाथ साढे एक मिटर बढाउन लागिएको हो । ११ मिटर फराकिलो कालोपत्रे सडक सात मिटरमा खुम्च्याउने महानगरको तयारी छ । दुवैतिर डेढ मिटर थप गरी ३.९ मिटरको फुटपाथ बढाउने र आधाआधा मिटर ड्रेनेजका लागि छुट्याइने गरी महानगरले डीपीआर तयार गरेको छ ।


क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बालेन शाहबीच जुहारी

तपाईको कमेन्ट लेख्नुहोस्