Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

विद्यार्थी भिसामा अष्ट्रेलियाले गर्यो थप कडाइ, कस्तो आयो नयाँ नियम ?


काठमाडौं । अष्ट्रेलियाले विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ । अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिना (१ जुलाई) देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।

खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन् । गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।

त्यस्तै, ग्राजुएट भिसा ९टीआर० मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् । यसलाई गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनकै शृङ्खलाको रूपमा व्याख्या गरिएको छ । आगन्तुक भिसा र अस्थायी स्नातक भिसा ९दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५० मा रहेकाहरूले अबदेखि अनसोर (अष्ट्रेलिया भित्रैबाट) विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन् ।

यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुनः विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् । यसअघि टुरिस्ट भिसामा अष्ट्रेलिया पुगेर त्यसलाई विद्यार्थी भिसामा बदलेर उतै बस्ने अभ्यास बढिरहेको थियो । अध्ययन सकेपछि पाइने ग्राजुएट भिसा (टीआर) को अवधि सकिएपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर यतै बस्नेको ठूलो सङ्ख्या रोक्न पनि यसले योगदान पुग्ने मन्त्री ओनिलले संकेत गरेकी छन् ।

कोभिड महामारीपछि विदेशी विद्यार्थी ह्वात्तै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अष्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो । हाल अष्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अष्ट्रेलियाकी गृहमन्त्री, #अष्ट्रेलियाले विद्यार्थी

तपाईको कमेन्ट लेख्नुहोस्