गृहमन्त्री लामिछानेले गरे राज्य समितिको बैठक बहिस्कार, एनजीओको पैसामा खाजा अर्डर गरेको आरोप

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् । अनावश्यक तडकभडक गरिएको भन्दै गृहमन्त्री लामिछाने बैठकमा सहभागी नभई हिँडेको बताइएको छ ।
गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए । तर, आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएको बताइएको छ ।
खाजाको प्याकेटमा चना, फलफुल, जाम–पाउरोटी, अण्डा, आलु भुजुरी आदि राखिएको थियो । समितिको बैठकमा पहिलो पटक कुनै एनजीओले खाजाको प्रायोजन गरेको थियो । उनी छलफलमा सहभागी नभई बैठक छोडेर हिँडेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री रवि लामिछाने, #राज्य व्यवस्था समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्