बजेटलाई लिएर सत्ता समिकरणमा किचलो, विरोध गरेजस्तो मात्रै हो की साच्चिकै ?

काठमाडौं । सरकारले ल्याएको बजेटलाई लिएर सत्तामै रहेका दलहरुको गुनासो छ । सत्ताको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले नै खुलेरै बजेट माओवादीमय भएको बताइरहेका छन् । ओलीले बजेटमाथि असन्तुष्टी जनाउदा रास्वपा र नेकपा एकीकृत समाजवादीले सरकारको कार्यशैलीप्रति गुनासो गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने एमाले अध्यक्ष ओलीले बिरोध गरेजस्तो मात्रै भएको भन्दै हल्का रुपमा लिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटमाथि यतिबेला प्रतिपक्ष दल नेपाली कांग्रेस भन्दा पनि सत्ता पक्षकै सांसदहरुले नै बढी असन्तुष्टी पोखिरहेका छन् । सत्ताको प्रमुख साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसदीय दलको बैठक नै डाकेर बजेटमाथि टिप्पणी गर्न निर्देशन नै दिएका छन् । जसका कारण संसदमा एमाले सांसदहरुले जतिसक्दो खरो रुपमा बजेटमा देखिएका कमजोरीको टिकाटिप्पणी खुलेरै गरिरहेका छन् ।
बजेट नै माओवादीमय भएको मात्रै एमाले अध्यक्ष ओलीले आरोप लगाएका छैनन् उनले जनयुद्धका आफ्ना कार्यकर्ता मैत्री बजेट आएको आरोप लगाउदै आएका छन् । ओलीले अर्थमन्त्री बर्षमान पुनले गरेको बजेट विनियोजन र सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै आएका छन् । ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न एमाले सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष गर्ने ठाउँ नरहेको भन्दै बजेटमा खुलेर छलफल गर्न आफ्ना सांसदहरूलाई निर्देशन नै दिएका थिए । सोही निर्देशन अनुसार नै एमाले सांसदहरुले बजेटको आलोचना गरिरहेका छन् ।
एमालेले बजेटमाथि कडा आलोचना गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने यसलाई स्वभाविक रुपमा लिएका छन् । उनले बजेटमा एमाले अध्यक्ष ओलीले विरोधजस्तो मात्रै गरेको तर्क गरेका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नीति तथा कार्यक्रम र बजेट राष्ट्र र जनताको पक्षमा आएको दावी गरे । प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट जनता र राष्ट्रको पक्षमा आएको भन्दै प्रतिनिधिसभाबाट पारित दाबी गरे ।
आर्थिक वर्षको विनियोजित बजेटप्रति एमालेले असन्तुष्टि जनाउँदा सत्ता साझेदार दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सरकारको कार्यशैलीसँगै बजेटप्रति पनि सन्तुष्ट हुन सकेका छैनन् । बजेटमा एमाले अनि रास्वपा र एकीकृत समाजवादी सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएपछि बजेट पास हुने कि नहुने भन्ने आशंका र अड्कलबाजीसँगै सरकारको भविष्यलाई नै लिएर राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी र अड्कलबाजी भइरहेका छन् ।
संसद्को क्यालेन्डर अनुसार यही असार ७ गते बजेट पास गर्ने तयारी छ । तर सत्ताको सबैभन्दा ठुलो दल एमालेले बजेटमा विरोध गरेपछि विपक्षीहरूलाई टिप्पणी गर्ने मसला बनेको छ । सरकारले सोचे अनुसारको गति लिन नसक्दा प्रधानमन्त्री प्रचण्ड पनि सन्तुष्ट छैनन् । नागरिक उन्मुक्ती र जनमतलाई सरकारमा ल्याउने कसरत गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई एमाले रास्वपाले भरपर्दो जवाफ दिइरहेका छैनन् । बाहिरी रुपमा बजेट मात्रै देखिएपनि सरकारभित्र मतभेद बल्झिदो छ । त्यसैले त रास्वपा मन्त्रीहरु भन्दैछन् राजीनामा गोजीमा हालेर हिडिरहेका छौं ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #बजेटलाई लिएर सत्तामै, #सत्ताको प्रमुख घटक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्