सरकारले ल्याएको बजेटमाथि प्रधानमन्त्री प्रचण्ड नै असन्तुष्ट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै असन्तुष्ट व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको गुनासो गरेका हुन । सत्ता पक्ष तथा प्रतिपक्ष सांसदहरुले बजेट विनियोजनमाथि प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री प्रचण्डले पनि असन्तुष्टि जनाएका छन् । बजेट तर्जुमा प्रणालीमा विद्यमान कमीकमजोरीमा निरन्तर सुधारका लागि पनि सरकार कटिबद्ध रहेको उनको भनाई छ ।
उनले मन्त्रीजीहरूले पनि योजना कार्यान्वयन गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको, प्रधानमन्त्रीकै निर्देशनलाई पनि जति गम्भीरतापूर्वक लिनुपर्ने हो, तर भन्दा भन्दैपनि साना आयोजना राखिएको बताए प्रधानमन्त्रीले बजेटमा जे भएको छ त्यो ठिक भएको छ भन्ने पक्षमा आफू नरहेको बताए । उनले ३ करोड भन्दा कम बजेट विनियोजन भएका योजनाहरू संघले कार्यान्वयन नगर्ने भन्दै प्रदेश र स्थानीय तहबाटै कार्यान्वयनमा लैजाने व्यवस्था गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको दाबी गरे ।
उनले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको, भुक्तानीका कारण नभएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताका साथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग भएको जानकारी दिए । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले सदनमा आफूले बोल्ने दिनमा सबै मन्त्री र सांसदहरू बैठकमा नआएकोप्रति असन्तुष्टि पोखे ।
बिहीबारको बैठकमा सत्तापक्षको प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीले सम्बोधन गर्न जाने बेलामा कुर्सीमा थिए । प्रधानमन्त्री बोलिरहेकै बेला उनी पनि संसद् बैठकबाट बाहिरिएका थिए । त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि बैठकमा अनुपस्थित थिए । उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरू पनि बैठकमा सहभागि थिएनन् । प्रतिपक्षी दलका नेताहरू राजेन्द्र लिङ्देन, महन्थ ठाकुर र उपेन्द्र यादवलगायतका नेताहरू पनि बैठकमा अनुपस्थित थिए ।
आफ्नो र राष्ट्रपतिको विदेश भ्रमणसँगै सांसदहरूसँग प्रश्नोत्तरपछि प्रधानमन्त्रीले मन्त्री र सत्तापक्षकै सांसदहरू पनि सदनमा नदेखेपछि रोष्ट्रमबाटै गुनासो गरे । प्रधानमन्त्री प्रचण्डले राजदूतको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने दाबी गरे । उनले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा जाँदा नेपाल—भारतका बीचमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको संसदलाई जानकारी दिए । उनले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र दुई देशबिच विगतमा भएका सहमति तथा सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताएका थिए । उनले राष्ट्रपति पौडेलले गरेको स्वीटजरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्