एमालेका मन्त्रीहरूले राजीनामा दिँदै, मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको बताइएको छ ।
प्रचण्ड सरकारमा उपप्रधा तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् । गएको मध्यराति देउवा–ओलीसहित बसेर नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ ।
नयाँ कोर्ष अघि बढिसकेकोले समर्थन फिर्तादेखि राजीनामासम्मका सबै काममा विलम्ब नगरिने नेताहरुले गरेका छन् ।
एमालेसँग भएको सहमतिबारे पार्टी पंक्तिमा औपचारिक जानकारी गराउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । रास्वपा र माओवादीले पनि सचिवालय र पदाधिकारी बैठक बोलाएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्