Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

मुकुलको गुनासोः देश बनाउने विश्वासमा रविका गलत कुरा मानेँ, तर, आज सत्य बोल्दा कारबाही


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्वित महामन्त्री मुकुल ढकालले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई कारबाही भएको गुनासो गरेका छन् । अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा बुधबारको रास्वपाको केन्द्रीय समिति बैठकपछि मुकुललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाही भयो । पद गौण हो र जनताका कुरा बोलिदिँदा कारवाही भए पनि बोल्नपर्छ भन्ने लागेर आफूले बोल्दा कारबाही भोग्नुपरेको उनको भनाइ छ । ‘जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।’

सभापति रवि लामिछानेले देश बनाउने विश्वासमा उनले गरेका कतिपय कुरा गलत लाग्दालाग्दै पनि मानिदिएको र केही कुरा पार्टीमा लागू गरिदिएको पनि मुकुलले लेखेका छन् ।

‘दुई वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ,’ मुकुलले लेखेका छन्, ‘कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ । पेल्ने मान्छे म थिएँ वा केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो भन्ने कुरा बुधबारको बैठकले छर्लङ्ग पारेको छ ।’

सरकारमा हुँदा प्रतिवेदनहरु लुकाएको देखेर मिडियाबाजी गर्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुकुल ढकाल

तपाईको कमेन्ट लेख्नुहोस्