श्रावन १ गतेदेखि ऐतिहासिक श्री पशुपति कोटिहोम,यस्ता हुनेछन् कार्यक्रमहरु !

काठमाडौं । ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको प्रचार प्रसार गर्ने उद्धेश्यले काठमाडौंमा विभिन्न प्रचार–प्रसारका गतिविधि भइरहेका छन् । आगामी श्रावण १ गतेदेखि ३२ गतेसम्म काठमाडौंको पशुपति परिसरमा हुन लागकेको कोटिहोम तथा महायज्ञको प्रचार प्रसार गर्ने उदेश्यले काठमाडौंमा मोटरसाइकल, ट्याक्सीदेखि रिक्सा र्याली पनि निकालिएको हो ।
र्याली पशुपति क्षेत्रबाट सुरु भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भु हुँदै कलंकी, बखु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पुनः पशुपति क्षेत्रमै पुगेर समापन भएको थियो । अघिल्लो दिनदेखि निरन्तर भइरहेको वर्षाको वावजुद पनि ¥यालीमा उत्साहजनक सहभागिता गराउन सफल भएको आयोजक संस्थाले जनाएको छ ।
मानव सेवा फाउण्डेसन नेपालले मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर, ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदिको सहेयोगार्थ पशुपति क्षेत्र, बनकालीमा कोटिहोम आयोजना हुन लागेको हो । उक्त कोटिहोममा सुप्रसिद्ध कथा वाचिका राधिका दाशी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा जी, बाचन प्रविण पण्डित दीनबन्धु पोखरेल, श्रीमद् देवी भागवत बाचिका विदुषी डा. कान्ता भट्टराई, तथा रामकथा वाचिका चन्द्रकला सखी लगायतको प्रवचन रहने बताइएको छ ।
किन गर्न लागियो त ऐतिहासिक श्री पशुपति कोटिहोम
१. एक युगमा एक पटक ईतिहासमै पहिलो पटक आयोजना हुँदैछ।
२.न भुतो न भविष्यती, न भुतकालमा यस्तो महायज्ञ भयो न त भविष्यमा हाम्रो जीवन कालमा हुन सक्ला या नसक्ला ।
३.यस ऐतिहासिक कोटिहोममा १५५ जना भन्दा बढी गुरुहरुले नियमित हवन, पाठ पारायण गर्ने, चार वेद अठार पुराणको पारायण हुनेछ, महारुद्राभिषेक हुनेछ, ५१०० कलशको पुजन हुनेछ, कोटी दिप प्रज्वलन हुनेछ, कोटी पार्थिव शिव लिंग पुजन हुनेछ, कोटी वेलपत्र द्वारा कोटी पार्थिव शिव लिङ्गलाई पुजा गरिनेछ।
४.देश विदेशका प्रसिद्ध साधु, सन्त, महन्त, गुरुहरु द्वारा आशिर्वचन मिल्नेछ।
५. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त वाचक, वाचिकाहरुले कथा प्रवचन रहनेछ।
६. १०८ प्रवक्ताहरु तोकिएको छ।
७. देशका चर्चित उद्घोषकहरुबाट कार्यक्रमको उद्बोधन हुनेछ।
८. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकाहरुको प्रस्तुतीहरु रहनेछन।
९. विभिन्न सामाजिक अभियान्ताहरुबाट विशेष मन्तव्य हुनेछ।
१०. कवि सम्मेलन हुनेछ, सन्त सम्मेलन हुनेछ, विभिन्न गोष्ठीहरु हुनेछ, सद्भावना सम्मेलनहरु आयोजना हुनेछन।
११. विभिन्न राजनेताहरुको आगमन हुनेछ।
पशुपति कोटिहोम महायज्ञमा हुने अनुष्ठानहरुः
१. सयौँ ब्राह्मणहरु द्वारा पुरै श्रावण महिना भर नियमित कोटि हवन गरिने।
२. अष्टोत्तरशत १०८ भागवत पाठ पारायण गरिने।
३. अतिरुद्राभिषेक मास पर्यन्त १४,६४१ आवृति रुद्री गरिने।
४. कोटि पार्थिव शिव लिङ्गलाई कोटि वेलपत्र द्वारा पुजन गरिने।
५. शतचण्डी पाठ पारायण गरिने।
६.चार वेद अठार पुराण पारायण गरिने।
७.श्रीयन्त्र पूजन तथा वितरण गरिने।
८. तण्डुलाचल पर्वत निर्माण गरिने।
९.५१०० कलश पुजन गरिने।
१०.कन्या पुजन गरिने ३ देखि ९ वर्ष सम्मका बालिकाहरुलाई।
११. सामुहिक तुलादान गरिने।
१२. मनकामना पूर्ण कलश स्थापना गरिने।
१३. १००८ शालिग्राम, तिलार्चन तथा तुल्सीदल द्वारा पुजन गरिने।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पशुपति कोटिहोम, #प्रचार–प्रसार, #श्रावण १ गतेदेखि ३२
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्