Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

बूढानीलकण्ठमा देउवा–ओलीबीच २ घण्टा छलफल


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको हो ।

करिब दुई घण्टा भएको छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी थिए ।

कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि नयाँ सरकार गठनका लागि छलफल निरन्तर चलिरहेको छ भने उनीहरुको तर्फबाट ककसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केपी शर्मा ओली, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्