Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

एक सातादेखि त्रिशूलीमा हराएका बस अझै फेला परेनन्, भेटिए त्रिशूली र नारायणीमा १९ शव


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको दुईवटा बसको एकसातादेखि भेटिएका छैनन् । असार २८ गते बिहान साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।

जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरको विवरण र सम्पर्कमा आएका आफन्तले भने अनुसार एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना रहेको उल्लेख गरेको छ ।जसमध्ये गणपति डिलक्सका ३ यात्रुहरु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ६२ यात्रु बेपत्ता भएका थिए ।

दुर्घटनापछि नदीमा खोजी गर्दा १७ वटा शव फेला परेको छ जसमध्ये ११ जना ती दुई बसको यात्रु भएको पुष्टि भइसकेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । गणपति डिलक्सका चालक र सहचालकको शव समेत भेटिएको छ । भेटिएका शवहरु तिनै बसका यात्रु भएको पुष्टि भएको अवस्थामा पनि ४५ यात्रु र दुबै बसको अवस्था भने अज्ञात छ ।

बस खसेको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको टोली खोजी तथा उद्धारमा खटिएको छ । सुरुका दिनमा सुरक्षाकर्मीहरुले मोटरबोटमार्फत खोजी गरेका थिए । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले खोजी गरिएको थियो । हुक र चुम्बकको सहायताले पनि खोजी गरियो । पानी धमिलो र अत्याधिक बहाब भएकाले गोताखोर टोलीहरु पानीमुनि जान नसकेको उद्धारमा संलग्न सुरक्षा निकायहरुले बताएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अझै फेला परेनन्, #एक साता, #बस अझै फेला परेनन्, #सिमलताल

तपाईको कमेन्ट लेख्नुहोस्