सुदन किराँतीले गरे समितिको बैठक नै बहिष्कार, सभापति यादव र किराँतीको भनाभन…

काठमाडौं । पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वमन्त्री सुदन किराती र समितिका सभापति राजकिशोर यादबिच भनाभन भएको छ । विहिबार बसेको बैठकमा विषयवस्तुमा केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले रोकेपछि किराती आक्रोशित बनेका हुन् । पूर्वमन्त्री किराँती नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदारको विषयमा फ्लाइटको एकाधिकारको मुद्दामा केन्द्रित भएर बोल्दै थिए ।
त्यतिबेला सभापतिले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन आग्रह गरे । यसलगत्तै आक्रोशित भएका पूर्वमन्त्री किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राख्दै गरेको बताए । तर, थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडे । सभापतिले चार चार वटा मुद्दा छलफलका राखेपनि सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको किरातीको आरोप छ । हुनत् बैठकमा सांसद किराँतीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि उनीहरुबीच चर्काचर्की भएको हो ।
अन्य सांसदहरुले रोक्दा रोक्दै किराँती बाहिरिएका थिए । तर, बैठक भने जारी नै रह्यो । पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । नेपालको हवाई सुरक्षा, आईकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकार तथा पोखरा र भैरहवा विमानस्थलको सञ्चालनको सन्दर्भमा भएको छलफलमा सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिएका हुन् ।
बैठकमा नेपालका एयरलाइन्सले बिजनेस किन नपाउने भन्ने प्रश्न समेत समितिले राखेको छ भने पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिएको छ । बैठकमा ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत समितिले निर्देशन दिएको छ । त्यस्तै, बैठकमा सांसद उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाए ।
अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै उनले अधिकारीलाई जिम्मेवारी लिन आग्रह गरे । सौर्य एयरलाइन्सको दुर्घटना र बाहिरी व्यक्तिहरूको सहभागिताका विषयमा संसदीय समितिले प्रश्न गरेपछि नियामक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारी पन्छिए ।
१८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरू कसरी परे भन्दै पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले प्रश्न गरेका थिए । तर, महानिर्देशक अधिकारीले घटनाको सम्बन्धमा छानबिन आयोग बनिसकेको अवस्थामा प्राविधिक पक्षको बारेमा आफूले बोल्न उचित नहुने जवाफ फर्काएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राजकिशोर यादबिच भनाभन, #सुदन किराती
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्