२०८४ को चुनाव माओवादी केन्द्रले एक्लै लड्ने अध्यक्ष प्रचण्डको जिकिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन् ।
आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरण सहित गतिशील बनाउँदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको बताएका हुन ।
आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा सुशासनको डरमा भ्रष्टहरू मिलेर आफू नेतृत्वको सरकारलाई ढालेको उनको भनाई छ । उनले आफूहरू सरकार छाड्दा विजेताका रूपमा निस्केको र सरकारमा जानेहरू हारेजस्तो देखिएको बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एक्लै चुनाव लडेर जित्ने
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्