बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक बालुवाटारमा नराख्ने बताएका हुन् ।
सामाजिक सञ्जाल मार्फत तपाईँहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। उनले लेखेका छन् ।
उनले थप लेखेका छन् – आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #सरकारी निवास बालुवाटार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्