लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैनः शिक्षामन्त्री भट्टराई

कास्की । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताएकी छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियता वादी विचारले मात्र नहुने बताएकी हुन् ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् । ‘विद्यालय शिक्षा ऐन विचाराधीन छ । संसदमा छलफल चलिराखेको छ ।
शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड त्यसले बनाइसकेको छ,’ उनले भनिन्, ‘यदि शिक्षकहरू आरोपित हुँदाखेरि हामीसँग छुट्टाछुट्टै ऐनहरू छँदैछन् । यी ऐनहरूमार्फत उहाँहरू कारबाहीमा पर्ने आधारहरू अलरेडी छन् । भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ ।’
अदालतमा विचाराधीन भएका कारण शिक्षक निर्देशिका चलाउने नसकिएको मन्त्री भट्टराईले बताइन् । ‘शिक्षक निर्देशिका अदालतमा छ । अदालतमा विचाराधीन भएको कुरा अहिलेको मन्त्रीले खण्डन गरेर जान त सकिँदैन । मैले अदालतको परमादेश पर्खेर बसेको छु । त्यो अदालतमा भएको कारण मैले केही पनि गर्न सकेको छैन,’ उनले भनिन्, ‘अदालतले एउटा आदेश दिएपछि त्यसलाई के गर्ने भन्ने सवाफमा अगाडि बढ्छु ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्