प्रभु बैंकमा निरन्तर समस्या, फेरि झापामा १ करोड १७ लाख अपचलन भएको आरोप !

काठमाडौं । प्रभु बैंकमा निरन्तर समस्या पैदा भइरहेको छ । खटाइएका कर्मचारीहरुको बद्मासीका कारण बैंकले रकम अपचलन गरिरहेको तथ्य फेला परिरहेका छन् । केही समयअघि रुकुमपश्चिमको आठविकोट नगरपालिकामा करोडौं रकम लिएर कर्मचारी नै फरार भएका थिए । उनीले सर्वसाधारणको बचत लिएर भागेपछि बैंकमाथि अनेकौ प्रश्न उठेको थियो ।
अहिले भने झापाको बिर्तामोड शाखामा ग्राहकको १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । यो बिषय बाहिरिएपछि प्रभु बैंकद्वारा गठित छानबिन समितिले आधिकारिक च्यानलबाट पैसा जम्मा भएको नदेखिएको जनाएको छ । बैंकका कोशी प्रदेश प्रमुख बद्रीबहादुर कट्टुवालको संयोजकत्वमा गठन भएको समितिले मन्जुकुमारी नेपालले जम्मा गरेको मुद्दती रसिद, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट समेत नक्कली भएको जनाएको छ ।
समितिले मन्जुकुमारी नेपालले आधिकारिक रूपमा आफ्नो बैंकमा रकम जम्मा नगरेको प्रभु बैंकले स्पष्ट पारेको छ । छानबिन समितिका संयोजक तथा बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले प्रेस विज्ञप्ति जारी गरी आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको भेटिएको बताएका छन् । उनले सो सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको बताएका छन् ।
आवश्यक छानबिन तथा प्रचलित कानुनबमोजिमको कारबाईपश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागेर दोषीउपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको उनले उल्लेख गरेका छन् । बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका सञ्चालक समेत रहेकी नेपालका श्रीमान् टीकाराम नेतीले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरिएको दाबी गरेका थिए ।
उनले आफ्नी श्रीमती मन्जुकुमारी नेपालले पटक पटक–फरक फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा खातामा २ लाख मात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । नेतीले बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेको दाबी गरेका थिए । सिटौला फरार रहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कर्मचारीहरुको बद्मासी, #प्रभु बैंक, #रकम अपचलन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्