Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सेवा लम्साल बेल्जियमको राजदूत सिफारिस, अमृत राई परराष्ट्र सचिव बन्ने


काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतमा सिफारिस गरेको हो ।

यसअघि बेल्जियम खाली राखेर अरु देशमा राजदूत सिफारिस गरिएको थियो । संसदीय सुनुवाइपछि उनी राजदूत नियुक्त हुनेछिन् । त्यसपछि परराष्ट्र सचिवको जिम्मेवारीमा अमृत राई बढुवा हुनेछन् । राई अहिले प्रवक्ता छन् ।

लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् । उमेर हदका कारण उनी आगामी मंसिरमा अवकाश हुँदै थिइन् । त्यसअघि नै उनलाई राजदूत बनाएर पठाएको हो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्