एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज निर्वाचन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदैछ । सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो । मंगलबार बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन लगायत कार्यक्रम हुनेछ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् । आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पनि चयन हुनेछन् ।
यसैगरी ८४ सदस्यीय पोलिटब्युरो पनि निर्वाचनबाट चयन गरिने छ ।एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्युरो चयन गर्ने छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आज निर्वाचन, #एकीकृत समाजवादी, #निर्वाचन आयोग
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्