Techie IT
  • ३० चैत्र २०८१, शनिबार
KhojPatrika

किन भयो प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी, देउवा मञ्चमै रिसाएपछि…


काठमाडौं । सोमबार काठमाडौंको टुडिखेलमा गौरा पर्वको अवसरमा कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा प्रमुख अथितिदेखि विशेष अथिति थिए प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । नेतादेखि कलाकारसम्मले देउडा गितमा नाचगान पनि गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध भाषण गर्नेबेला नाराबाजी नै चल्यो ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेका थिए । ‘केपी..रो पाराले, दुस्ख पाए साराले, केपी ‘र, देश छोड’ जस्ता अमर्यादित नाराबाजी युवाहरूले लगाएका थिए ।

मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भइरहँदा आयोजकले शान्त बनाउने कोसिस गरे । तर, अराजक शैलीमा युवाहरूले अश्लील शब्दसहित गौरा पर्व कार्यक्रमस्थलमा नाराबाजी गरिरहे । जहाँ प्रधानमन्त्री ओलीले सभ्य हुन र गाली गलौज हाम्रो सस्कृति अनि संस्कार नभएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले पनि उक्त नाराबाजीप्रति असन्तुष्टि जनाए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण सद्‍भाव रहेको उल्लेख गरेका थिए । तर, पनि उनीहरुको नाराबाजी रोकिएन । कार्यक्रममा प्रधानमन्त्री ओली र आफूविरूद्ध नाराबाजी भएपछि कांग्रेसका सभापति देउवा रिसाए । गौराको शुभकामना दिन मञ्चमा उक्लिएको बेला पनि नाराबाजी भएपछि देउवाले आक्रोश पोखे ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन देउवासँगै पुगेका प्रधानमन्त्री ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको थियो । त्यसलाई लिएर देउवाले मञ्चबाटै आपत्ति जनाउँदै आक्रोश पोखेका हुन् ।

उनले भने ‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज सरम छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालीको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरूलाई न खेल्न दिएका छन् । कार्यक्रम बिथोल्न पछाडि बसे र जथाभावी बोलेका छन् ।’ आयोजकले नेताहरु बोलाएर कार्यक्रम ब्यवस्थित गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #टुडिखेलमा गौरा पर्व, #प्रधानमन्त्री केपी शर्मा, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्