जीबी राईलाई नेपाल ल्याउन किन सकिएन ? गृहमन्त्री रमेश लेखकमाथि उठ्यो प्रश्न !

काठमाडौं । सर्वसाधारणले दुखजिलो गरेर जम्मा गरेको रकम हिनामिना गरेर फरार रहेका जीबी राई अहिलेसम्म पनि कानूनी दायरामा आउन सकेका छैनन् । विभिन्न सहकारीमार्फत सर्वसाधारणको अर्बौं रकम प्रयोग गरेर विभिन्न संस्थाको मालिक भएका राई राज्यको सूचीमा फरार छन् । सर्वसाधारण ठगेको थाहा हुँदाहुँदै पनि राज्य संयन्त्र चनाखो बन्न सकेको छैन । पीडितलाई प्राथमिकतामा राखेर पीडकमाथि अनुसन्धान भएको भए न्याय यति धेरै लम्बिने थिएन । यो विषयमा राज्य संयन्त्र नै कमजोर हुँदा पीडितहरु अहिले पनि न्यायको याचना गर्दै भौतारिरहेका छन् । तर, सरकार गैरजिम्मेवार बनिरहेको छ ।
सहकारी ठगीको विषयमा सबैभन्दा बढी आक्रामक रुपमा प्रस्तुत भएको नेपाली कांग्रेस अहिले सुस्ताउन थालेको छ । कुनै समय सहकारी प्रकरणमा फरार रहेका जीबी राई र ग्यालेक्सी मिडियामा रकम दुरुपयोग भएको भन्दै रवि लामिछानेमाथि प्रश्न उठाएर कांग्रेसले संसद बैठक नै अवरुद्ध गरेको थियो । अहिले कांग्रेस सरकारको प्रमुख दलका रुपमा छ । यो प्रकरणको अनुसन्धान गर्ने गृहमा कांग्रेसकै रमेश लेखक मन्त्रीका रुपमा बहाल छन् । लेखक तिनै नेता हुन जसले जीबी राईलाई नेपाल ल्याउन अघिल्लो सरकारमाथि निर्मम टिप्पणी गर्दै आएका थिए ।
सर्वसाधारण जनताको अर्बौ रकम अपचलन गरेर राई फरार छन् । यो सामान्य मान्छेदेखि राज्यलाई जानकारी भएकै विषय हो । तरपनि राई कानुनी कठघरामा आउन सकेका छैनन् । राज्य संयन्त्रले नै राईलाई उन्मुक्ति दिइरहेको छ । यो विषयमा निरन्तर आवाज उठाएको कांग्रेस नेतृत्वमा आएपछि केही गर्छ कि भन्ने आशा थियो । तर, संसदमा बोलेजसरी सरकारका गतिविधि अघि बढ्न सकिरहेका छैनन् ।
अघिल्लो सरकारलाई आरोपै आरोप लगाएको कांग्रेस आफैं सरकारमा हुँदा गुमनाम छ । अघिल्लो सरकारको पालामा गृहमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बहाल थिए । एक टेलिभिजनमा लामिछाने र राई व्यापारिक साझेदार भएको हुनाले लामिछानेमाथिका प्रश्न स्वभाविक नै थिए ।
सहकारी प्रकरणमा लामिछाने मुछिएका प्रमाणहरु पनि सार्र्वजनिक भए । यही विषयलाई लिएर मन्त्रीमा बहाल रहेका लामिछानेमाथि पटकपटक प्रश्न उठे । कतिसम्म भने कांग्रेसले संसदीय छानबिन विशेष समिति गठन नहुँदासम्म लामिछानेविरुद्ध आवाज उठाउन छोडेन । यसमा लामिछानेको पनि ठूलो कमजोरी देखिन्छ । उनी गृहको नेतृत्वमा हुँदा फरार राईलाई नेपाल ल्याउन भूमिका खेल्छन् कि भन्ने थियो । तर, उनको बोली र व्यवहारमा धेरै फरक देखियो । एक जना व्यक्तिले मुलुकको राज्य संयन्त्रलाई हल्लाइरहेका बेला सरकार भने निरीह बनिरहेको छ ।
सर्वसाधारणलाई ठगेर आफू मालिक बनेका यस्ता व्यक्तिहरु यसरी फरार हुँदा राज्य संयन्त्र कहाँ छ र के गर्दैछ भन्ने प्रश्न स्वभाविक उठेको छ । फरार राईलाई नेपाल ल्याउन सबैभन्दा बढी सक्रिय बहालवाला गृहमन्त्री नै हुनुपर्ने हो । काम सुरु गरेको भए कुनै न कुनै परिणाम देखिएको हुन्थ्यो । तर, उनी यो विषयमा के गर्दैछन् कुनै अत्तोपत्तो छैन । स्वयम् सरकारले नै यो विषय प्राथमिकताका साथ लिनुपर्ने हो । सरकार नै शिथिल बनिरहेको छ । यसले सर्वसाधारण ठगेर फरार रहेका जीवी राई मात्रै होइनन् अन्य सहकारी ठगेका १८ जना फरार ब्यक्तीको समेत आत्मबल थप बलियो बनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुखजिलो गरेर जम्मा, #फरार रहेका जीबी राई, #सर्वसाधारण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्