५ जिल्लाका सीडीओ फेरिए, काठमाडौँमा जयनारायण आचार्य

काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।
काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए ।
सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको छ । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृह मन्त्रालय, #प्रमुख जिल्ला अधिकारी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्