सर्वदलीय बैठकमा प्रतिपक्षले गरे सरकारको आलोचना

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले पुनर्निर्माणका हुने विगतको ढिलाइबाट सिकेर उद्दार, राहत र पुर्ननिर्माणमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले निरन्तरको वर्षाले पुर्याएको क्षतिका बारेमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका थिए ।
राहत र उद्दारका लागि पार्टी कार्यकर्ता परिचालन गर्दा ‘वान डोर’ विधि अपनाउन सरकारलाई नेताहरुले सुझाव दिएका थिए । राजनीतिक दलले आफ्ना कार्यकर्ता परिचालन गर्नुभन्दा ‘वान डोर’ माध्यमले सरकारले खटाउन उपयुक्त हुने धारणा कांग्रेस महामन्त्री गगन थापाले राखेका थिए ।
बैठकमा पुनर्निर्माणका कार्यहरु अत्यन्तै सुस्त गतिमा हुने गरेको प्रति नेताहरुले चिन्ता व्यक्त गरेका थिए । जाजरकोट भूकम्प गएको एक वर्ष पुग्न लागेपनि घर बनाउन दिने भनिएको रकम अझै पूरा नगरेको प्रति सरकारको ध्यानाकर्षण गराइएका थियो । बैठकमा विपत आउने पूर्व जानकारी हुँदा समेत तयारी नगरेकोप्रति नेताहरुले विपक्षी नेताहरुले आपत्ति जनाएका थिए ।
सरकारले रात्रीबस रोक्ने निर्णय उपयुक्त समयमा गरेपनि गाडीहरु ओहोरदोहोर गरिरहेको अवस्था नेताहरुले सुनाएका थिए । गृहमन्त्री रमेश लेखकले नक्खु घटना बारे नेताहरुलाई जानकारी गराएका थिए । सूचना पाउन साथ उद्दारमा सुरक्षाकर्मीहरु सक्रिय रहेको स्पष्टीकरण दिएका थिए ।
बचाउनका लागि सुरक्षाकर्मीहरु लाग्दा लाग्दैपनि उद्दार गर्न नसकिएको जानकारी गराएका थिए । बैठकमा सहभागी माओवादीका नेता शक्ति बस्नेतले सरकारको प्रभावकारीता सुस्त देखिएको बताएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पीडितको राहत, उद्दारका काम हेर्ने धारणा राखेका थिए । उनले हवाइभाडा महँगो भएको विषय तत्काल हटाउन माग गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्