Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !


काठमाडौं । नेकपा एमालेले किर्तिपुरमा शिलान्यास गरेको पाटी कार्यालयको भवन विवादमा तानिएको छ । विवादित पृष्ठभूमिका ब्यापारी मिनबहादुर गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गामा भवन शिलान्यास गरेपछि विवादमा आएको हो । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गुरुङले बनाइदिन लागेको भवन अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेपछि पाटीभित्रै आलोचना सुरु भएको छ ।

असोज २४ गते । दशैंको फुलपाती । नेता कार्यकर्ता र सर्वसाधारणलाई घर–घरमा फुलपाती भित्र्याउन चटारो थियो । केहीलाई गाउँ जान निक्कै हतार थियो । बाढी र पहिरोको जोखिम मोलेरै गाउँ जान दौडधुप चलेको थियो । तर, दशैंको फुलपातीकै दिन नेकपा एमालेलाई भने पार्टी कार्यालय कहाँ बनाउने छलफलको कार्यतालिका नै तोकिएको थियो । २०७२ सालको भूकम्पले एमालेको पार्टी मुख्यालय बल्खु भत्काइदियो । जो पार्टी कार्यालय रहेको जग्गा अहिले माधव नेपालको नेकपा एकीकृत समाजवादीले पनि दाबी गर्दा विवादमा परेको छ ।

भूकम्पले बल्खुबाट विस्थापित गरेपछि एमाले धुम्बाराहीमा एउटा ब्यापारीक घरानाले लिजमा लिएको जग्गामा स¥यो । तर, त्यहाँ चर्को विवाद र आलोचना भएपछि एमाले फेरि ललितपुरको च्यालसमा स¥यो । जहाँ काठमाडौंमा पानी पर्ने बित्तिकै पाटी कार्यालय बाढीले सधैं डुवानमा एमाले भौतारिरहेको थियो । एमाले जग्गा खोज्दै भौतारिनु र अर्कोतर्फ भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले सहयोग गर्ने बाटो खोजिरहेका थिए । दुबैको मिलनविन्दु एउटै ठाउँमा पुग्यो र एमालेको पाटी कार्यालय मिनबहादुर गुरुङले दान दिएको जग्गामा बन्ने पक्कापक्की भयो ।

२४ गते सचिवालय बैठकबाट निर्णय गरेको एमालेले २५ गते नै दशैंको माहोलमै पाटी कार्याल भवनको शिलान्यास नै ग¥यो । शिलान्यास समारोहमा ओलीको धुपबत्ती बाल्दै थिए भने मिनबहादुर गुरुङ घण्टी बजाउदै थिए । एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । यहि बिषयले दशैं सकिनै लाग्दा एमालेमा किचलो बढाएको छ ।

एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छन् । काठमाडौंको आनाकै करोड पर्ने जग्गा गुरुङले एमालेलाई किन दिए भन्ने आवाज पाटीभित्र र बाहिर चौतर्फी उठिरहेको छ । केही तथ्य जान्न एक बर्ष अघिलाई हेरौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका गुरुङलाई ललिता निवास जग्गा प्रकरणमा प्रचण्ड सरकारले नै जेल कोच्यो । जग्गा खरिद बिक्रीमा मुख्य दोषीको आरोपमा गुरुङ जेल बसे । प्रचण्ड सरकारले नै जेल पु¥याएपछि रुष्ट बनेका गुरुङलाई एमाले अध्यक्ष ओली र नेताहरुले राम्रै साथ दिए । ओलीले त मिनबहादुर गुरुङलाई किन पक्राउ गरेको भन्दै सरकारको आलोचना नै गरेका थिए । माओवादीले ओम्नी, यति र भाटभटेनी भन्दै गायत्री मञ्च जपेको भन्दै चर्को आलोचना गरेका थिए ।

ओली मात्रै होइन एमालेका नेताहरु नै उतिबेला मिनबहादुरका पक्षमा खुलेरै दौडधुप गरिरहेका थिए । प्रचण्ड सरकारले मिनबहादुर पक्राउ गरेकोमा उनीहरुले सार्वजनिक कार्यक्रमै आपत्ति जनाइरहेका थिए । मिनबहादुर गुरुङ धरौटीमा रिहा भए । अझै उनको मुद्धा छिनोफानो भएको छैन् । तर, एक बर्षअघि एमाले नेताहरुले लगाएको गुन अहिले गुरुङ परिवारले तिरिदिएको चर्चा छ ।

व्यवसायी गुरुङले एमाले केन्द्रीय कार्यालय भवन ९ रेक्टर स्केलको भूकम्पलाई पनि धान्ने गरी निर्माण गरेर २०८२ सालको दसैंको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । उसो त अर्वपति गुरुङले दलीय छत्रछाँयाका लागि एमाले नै रोजेको बुझ्न कठिन छैन् । विगतमा त साथ दिएका एमाले नेताहरुले अव जग्गा नै पाएपछि साथ नदिने त झन कुरै भएन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #मिनबहादुर गुरुङ, #विवादित पृष्ठभूमि, #शिलान्यास गरेको पाटी

तपाईको कमेन्ट लेख्नुहोस्