ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण आज बुझाउँदै कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज सरकारलाई १५ बुँदे विवरण बुझाउने भएका छन् । उनको आज विवरण बुझाउने अन्तिम दिन हो । असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमानलाई १५ बुँदे विवरण मागेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । मन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले घिसिङसँग ४ वर्षे अवधिको विभिन्न विवरण माग्ने निर्णय गरेको थियो ।
ट्रान्सफरमर, पोल खरिद र टेण्डर आव्हान तयारीमा स्मार्ट मिटरलगायतका वस्तुरसामग्री खरिदमा भ्रष्टाचारको आशंकासहित आवश्यक विवरण मागिएको छ ।
प्राधिकरण आफैँले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरु ४ वर्षकै माग्ने निर्णय गरिएको हो ।
घिसिङलाई विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय, प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण पनि मागिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कुलमान घिसिङ, #नेपाल विद्युत् प्राधिकरण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्