संघीयताको मर्मअनुसार चलाउन नसके प्रदेश खारेज गर्न पुनको माग

रुपन्देही । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीयताको मर्म र भावना अनुसार नबढ्ने हो भने संघीयता खारेज गरेर जानुको विकल्प नभएको बताएका छन् । सबै दलका संरचना प्रदेशको बन्ने तर सबै अधिकार केन्द्रबाट परिचालन गरेपछि प्रदेशको संरचना कमजोर भएको बताउँदै यो अवस्थामा राखेर संघीयता बलियो हुनै नसक्ने बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको बताए । सभापति पुनले राजनीतिक नेतृत्व कर्मचारी प्रशासनमा रहेको केन्द्रीकृत मानसिकताका कारण जनताले संघीयताको अनुभूति गर्न नपाएको धारणा राखे ।
उनले प्रदेश सरकारका मन्त्री छनोट पनि केन्द्रबाटै गर्ने हो भने संघीयताको कुनै अर्थ नहुने बताए । प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा सरकारले काम गर्न नसकेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न गराउनुको सट्टा अंकुश लगाउने काम भएको बताए ।
नेता पुनले सहकारी अपचलन मुद्दामा आरोप लागेका सबै दलका मान्छेलाई तत्काल छानविनको दायरामा ल्याउन माग गरे । पुनले लुम्बिनी प्रदेश सभाबाट सर्वसम्मत पास भएको विद्येयक फिर्ता गरेर प्रदेश प्रमुखले गलत अभ्यास गरेको बताउँदै यसो गर्नु अगावै मुख्यमन्त्री,सभामुख तथा संसदीय दलका नेतालाई राखेर छलफल गर्नुपर्ने जनाएका हुन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्