रवि लामिछाने छुटाउन रास्वपा नेताहरुको दौडधुप, प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता !

काठमाडौं । सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले छुटाउन दौडधुप गरिरहेको खुलेको छ । आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निक्कै आक्रोश पोखेका नेताहरु स्वयम् राजनीतिक सौदाबाजी गर्न भेटवार्तालाई तिब्रता दिएको खुलेको हो । रास्वपा नेताहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेर रविको रिहाईका लागि आग्रह गरेको बताइएको छ ।
करिव दुई सातादेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा हिरासतमा छन् । रविसँगै पोखरामा आन्दोलन गर्न पुगेका रास्वपाका नेता कार्यकर्ता काठमाडौं केन्द्रीत हुने भन्दै फर्किए । काठमाडौंको आन्दोलन पनि प्रभावकारी नदेखिएपछि झस्कीएका रास्वपाका नेताहरु राजनीतिक सौदाबाजीका लागि दौडधुप गरिरहेको खुलेको छ ।
दिनभरका आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनदेखि तल्लो स्तरका नाराबाजी गर्ने रास्वपा नेताहरु राति राती भने बालुवाटारमा प्रधानमन्त्री ओली भेट्न घण्टौ कुरेर छलफल गरेको खुलेको छ । पार्टीका नेताले प्रधानमन्त्री र गृहमन्त्रीसँग गरेको भेटलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीसँगको भेटलाई रास्वपाले गोप्य राखेको छ । तर, ओलीसँगको सो भेटलाई एमालेका नेता विष्णु रिजालले सार्वजनिक गरिदिएका छन् ।
उनले सामाजिक सञ्जालमा दिनभर प्रधानमन्त्रीका बिरुद्धमा ब्यक्तीगत रुपमा गाली गलोज गर्ने, शव बनाएर दाहासंस्कार गर्ने जस्तो अशोभनिय काम गर्ने तर राति राती बालुवाटारमा कुरेर रविलाई बचाइदिनुपर्यो लौ न भनेर हारगुहार गरेको उल्लेख गरेका छन् । रिजालले रास्वपा उपभापति डोलप्रसाद अर्याल र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार बालुवाटार पुगेको भन्दै ब्यङ्य गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगको भेट गोप्य राखेपनि गृहमन्त्री लेखकसँगको भेट भने उपसभापति अर्यालले स्वीकार गरेका छन् । गृहमन्त्रीसँगको भेटवार्ता मंगलबारको आन्दोलन र शान्तिसुरक्षाबारे केन्द्रित भएको उनले दाबी गरेका छन् । गृहमन्त्री लेखकसँग अर्याल एक्लै सिंहदरबार पुगेर भेटेका थिए भने बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्न अर्याल र परियार दुवै गएका थिए ।
रास्वपा नेताहरुले आफूमाथि गरेको गाली गलौज र नाराबाजीप्रति प्रधानमन्त्री ओली रुष्ट छन् । उनले सहकारीको रकम खानेबेला आँखा नदेख्ने अहिले कराएर केही नहुने भन्दै जवाफ दिएका थिए । धेरै अराजक नबन्न प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमबाट चेतावनी दिएपछि रास्वपा नेताहरु झस्किएका छन् ।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि अनुसन्धान गर्न सभापति लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी थुनामा राखेको भन्दै रास्वपाले कात्तिक ३ गतेदेखि नै विरोध प्रदर्शन गरिरहेको छ ।
विरोध प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री र सरकारलाई चर्को गाली गरिरहेका छन् । रास्वपाले एकातिर सडकमा आन्दोलन गर्ने र अर्कोतिर प्रधानमन्त्री तथा गृहमन्त्रीसँग भेटको विषयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री ओली, #सभापति रवि लामिछाने, #हिनामिना र अपचलन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्