एक दिनको मात्रै एआईजीमा किरण राणा, मध्यरातमा लगाइयो फुली

काठमाडौं । सरकारले मंगलबार साँझमात्रै एआईजीमा बढुवा गरेका दुई प्रहरी अधिकृतलाई मध्यरातमै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मंगलबार साँझको क्याविनेटले डीआईजी किरण राणा र सुन्दरप्रसाद हैजुलाई बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरू दुवैजनालाई आईजीपी वसन्त बहादुर कुँवरले मंगलबार राति नै प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
एआईजी राणा आज एक दिनमात्रै जिम्मेवारी सम्हालेर आजै रातिबाट अवकाशमा जाँदै छिन् ।
सिनियरद्वय डीआईजी बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई बाइपास गर्दै अवकाशको संघारमा पुगेकी जुनियर राणालाई बढुवा गरेको भन्दै गृहमन्त्री र सरकारको आलोचना भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एआईजीमा बढुवा, #डीआईजी किरण राणा, #दुई प्रहरी अधिकृत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्