रविसँगको छलफलपछि नेताहरुले भने राजनीतिक प्रतिशोध साँध्न हिरासतमा राखियो

पोखरा । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
सोमबार कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग छलफलपछि उपसभापति स्वर्णिम वाग्लेले राज्यले सभापति लामिछानेलाई प्रतिसोध साध्न हिरासतमा राखेकाले आन्दोलन जारी राख्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।
अर्का उपसभापति डीपी अर्यालले लामिछानेलाई रुपन्देही लगिने जानकारी पाएको भन्दै दोस्रो चरणको आन्दोलन र त्यसको मोडालिटीबारे पर्सी जानकारी गराउने बताए ।
प्रवक्ता मनिष झाले जिल्ला प्रहरी कार्यालय कास्कीले पटक पटक म्याद थपेर हिरासतमा राखेर सरकारले अनावश्यक रूपमा दम्भ र प्रतिशोध साँधेको जिकिर गरे । उनले लोकतन्त्रको आडमा सरकारले अधिनायकवादी चरित्र देखाएको पनि बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपसभापति स्वर्णिम वाग्ले, #रास्वपा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्